logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:07 AM

  • कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य रारा, चार महिनामा ४ हजार बढी पर्यटकले गरे भ्रमण

    कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य रारा, चार महिनामा ४ हजार बढी पर्यटकले गरे भ्रमण

    गत साउन १ गते देखि कात्तिक मसान्तसम्म आन्तरिक पर्यटक चार हजार चार सय ९०, सार्क मुलुकका २६ अन्य विदेशी ९५ जनासहित चार हजार छ सय ११ पर्यटकले रारा भ्रमण गरेका रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।


    पर्यटन नेपाल

    शनिबार, २३ मंसिर २०८०


    मुगु । कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको रारामा चार महिनायता चार हजार पर्यटकले भ्रमण गरेका छन् ।

    गत साउन १ गते देखि कात्तिक मसान्तसम्म आन्तरिक पर्यटक चार हजार चार सय ९०, सार्क मुलुकका २६ अन्य विदेशी ९५ जनासहित चार हजार छ सय ११ पर्यटकले रारा भ्रमण गरेका रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

    यस वर्ष रारामा पर्यटक आगमन आशालाग्दो हिसाबले बढिरहेको कार्यालयका सूचना अधिकारी जयहरि धितालले बताए । दसैँ–तिहार बिदाको मौका पारेर रारामा आन्तरिक पर्यटक बढी आएका उनको भनाइ थियो ।

    पर्यटकको आगमन बढेसँगै चार महिनामा १२ लाख राजस्व सङ्कलन भएको छ । गत वर्ष रारा भ्रमणमा आन्तरिक पर्यटक ११ हजार, सार्क मुलुकबाट २६ र अन्य विदेशी एक सय ८३ जना आएका निकुञ्जले जानकारी दिएको छ ।

    रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति एक सय, सार्क मुलुककासँग प्रतिव्यक्ति एक हजार पाँच सय र अन्य विदेशीसँग तीन हजारका दरले प्रवेश शुल्क उठाउने गरिएको छ ।

    हवाई मार्गबाट ७५ र सडक मार्गबाट २५ प्रतिशत पर्यटक रारा भ्रमण गर्न आउने गरेका छन् । सडक र हवाई मार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend