logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:33 AM

  • शरद ऋतुमा हिमाल आरोहणका लागि १ हजार ३२९ जनाले लिए अनुमति

    शरद ऋतुमा हिमाल आरोहणका लागि १ हजार ३२९ जनाले लिए अनुमति


    पर्यटन नेपाल

    आइतबार, २४ मंसिर २०८०


    काठमाडौँ । नेपालका विभिन्न हिमाल आरोहणका लागि शरद ऋतुमा एक हजार ३२९ ले लिए अनुमति लिएका छन् ।

    पर्यटन विभागका अनुसार मंसिर २२ सम्म स्वदेशी तथा विदेशी गरी १७२ समूहका १ हजार ६९ जना पुरुष र २६० जना महिलाले आरोहण अनुमति लिएका हुन् ।

    सबैभन्दा बढी अमादब्लम आरोहणका लागि अनुमति लिएका छन् । अमादब्लम आरोहणका लागि ४५ समूहका ४१२ जना पुरुष र ८० जना महिला गरी ४९२ जनाले अनुमति लिएका छन् ।

    अहिलेसम्म ७६ देशका आरोहीले विभिन्न ५२ हिमाल आरोहणका लागि अनुमति लिएका छन् । त्यस्तै मनासलु आरोहणका लागि ३०१, हिमलुङ आरोहणका लागि १२५ जनाले अनुमति लिएका छन् ।

    आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकाका १३०, फ्रान्सका १२९, जर्मनीका ९६, चीनका ७९, रसियाका ६७, जापानका ५१ र स्विट्जरल्यान्डका ५० जना रहेको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend