logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   01:45 PM

  • कार्यकाल नसकिँदै आयल निगमका कार्यकारी निर्देशक थानीले किन दिए राजीनामा ?

    कार्यकाल नसकिँदै आयल निगमका कार्यकारी निर्देशक थानीले किन दिए राजीनामा ?


    पर्यटन नेपाल

    मंगलबार, २६ मंसिर २०८०


    काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । भोलि बुधवार २७ मंसिरबाट लागू हुने गरी कार्यकारी निर्देशक थानीले राजीनामा बुझाएका हुन् ।

    मङ्गलवार उनले राजीनामा पत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । थानीले निगममा एक वर्ष नौ महिना काम गरे ।

    सरकारले २०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशकमा थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यकारी छनोट समितिले गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रकाश सिटौला र सुर्खेतका थानीको नाम कार्यकारी नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

    सिफारिसमा परेका तीन जनामध्ये तत्कालीन शेरबहादुर देउवा मन्त्रिपरिषद्ले थानीलाई निगमको जिम्मेवारी सुम्पिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend