logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:13 AM

  • सैलुङको पर्यटन प्रवर्द्धनका लागि ‘कविता यात्रा’ आयोजना

    सैलुङको पर्यटन प्रवर्द्धनका लागि ‘कविता यात्रा’ आयोजना


    पर्यटन नेपाल

    मंगलबार, २६ मंसिर २०८०


    दोलखा । दोलखाको सैलुङमा ‘कविता यात्रा’ आयोजना हुने भएको छ । सैलुङको पर्यटन प्रवर्द्धन गर्ने हेतुले साहित्यिक पत्रकार सङ्घले साहित्यकारहरुको उपस्तिथिमा कविता यात्रा तयार गरेकने हो ।

    यात्रामा विभिन्न विधाका वरिष्ठ साहित्यकारहरु तीन दिनका लागि दोलखा आउने छन् । दोलखाको चरिकोट हुँदै तामाकोशी किनारमा रहेको चर्णावतीधामको ज्येष्ठ नागरिक सेवा केन्द्रमा आगामी पुस ४ गते बेलुकी बास बसी भोलिपल्ट पुस ५ गते सैलुङको सय थुम्काको अवलोकन भ्रमण गरी सैलुङको थुम्कामा साहित्यकारहरुले आफ्ना रचना प्रस्तुत गर्नेछन् ।

    सैलुङमा रचना वाचनपश्चात् साहित्यकारको टोलीले कालापानी रात बिताउने छ भने पुस ६ गते सैलुङ गाउँपालिका–८ सैलुङ वडाको आयोजनामा हुने साहित्यिक कार्यक्रममा सहभागी हुनेछ ।

    तीन दिनमा साहित्यकारहरुले नियात्रासहितका विभिन्न विधामा सैलुङको प्रचारप्रसारमा कलम चलाउनेछन् । यस कार्यक्रमको आयोजना गर्न विशेष पहल दोलखाका वरिष्ठ समाजसेवी सोभित उप्रेतीले गरेका छन् ।

    कार्यक्रमले दोलखाको सैलुङलगायत विभिन्न स्थानको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आयोजकले बताएको छ । कार्यक्रममा गायिका गायककोसमेत उपस्थित हुनेछ । साहित्यिक पत्रकार सङ्घले यसअघिको इलाममा कविता यात्रा आयोजना गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend