पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखराको प्याराग्लाइडिङ अनिश्चितकालको लागि बन्द गरेको छ ।
अर्को आदेश नआएसम्म नेपाल हवाई खेलकुद संस्था (ना)को अधिकार क्षेत्र भित्र रहेका प्याराग्लाइडिङ बन्द गर्ने निर्णय गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो ।
प्याराग्लाइडिङको एक द्वार प्रणाली सम्बन्धी विषयमा ब्यवसायीहरुबीच विरोध भएको थियो । सो गतिरोधको विषयमा प्राधिकरणलाई कुनै पनि जानकारी नगराएको अवस्थामा उडान बन्द गरिएको हो ।