काठमाडौँ । निर्माणाधीन मन्त्री निवास बनाउन मजदुरहरू बस्ने गरेको टहरामा आगलागी भएको छ । ललितपुरको भैंसिपाटिस्थित निर्माणाधीन मन्त्री निवासमा आज बिहान खाना पकाउने क्रममा आगो लागेको हो ।
आगो १०/१५ मिनेटमै नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ । करेन्ट सर्ट भएर आगलागी भएको हो । आगलागी भएपछि महानगर प्रहरीको वारुणयन्त्र सहित, प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।
आगलागीबाट मजदुरहरूले प्रयोग गर्दै आएका सामान र रङ्गहरू जलेको छ ।