logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   01:00 PM

  • विराटनगर विमानस्थलको रनवेमा कुकुर छिरेपछि बुद्ध एयरको विमान आकाशमै होल्ड

    विराटनगर विमानस्थलको रनवेमा कुकुर छिरेपछि बुद्ध एयरको विमान आकाशमै होल्ड


    पर्यटन नेपाल

    बुधबार, ४ पुष २०८०


    काठमाडौँ । विराटनगर विमानस्थलको उडान-अवतरण अवरुद्ध भएको छ । बुधवार दिउँसो विमानस्थलको रनवेमा कुकुर छिरेपछि उडान-अवतरण अवरुद्ध भएको हो ।

    रनवेमा कुकुर देखिएपछि उक्त कुकुरलाई लखेट्न विमानस्थलले साइरनसहितको गाडी प्रयोग गरेको थियो । करिब १५ मिनेटको प्रयासपछि मात्रै कुकुरलाई विमानस्थलबाट बाहिर निकालिएको छ ।

    कुकुर लखेट्न समय लागेपछि बुद्ध एयरको विमान केही समय आकाशमै होल्ड गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend