logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:14 AM

  • पर्यटन प्रवर्द्धन गर्न मर्स्याङ्दी करिडोरका पालिका एकजुट

    पर्यटन प्रवर्द्धन गर्न मर्स्याङ्दी करिडोरका पालिका एकजुट


    पर्यटन नेपाल

    मंगलबार, १० पुष २०८०


    काठमाडौँ । पर्यटन प्रवर्द्धन गर्न मर्स्याङ्दी करिडोरका पालिका एकजुट भएका छन् ।

    बन्दीपुरमा केही दिनअघि मर्स्याङ्दी करिडोर अन्तरपालिका समन्वय बैठक बसी पर्यटन प्रवर्द्धनका लागि उनीहरू एकजुट भएका हुन् ।

    मर्स्याङ्दी उपत्यका भित्र रहेका पालिकाहरू भानु, बेसीसहर, सुन्दरबजार, राइनास र पालुङटार नगरपालिकाका साथै आँबुखैरेनी, दोर्दी र बन्दीपुर गाउँपालिका संम्मिलित अन्तर पालिका समन्वय बैठक बन्दीपुरमा सम्पन्न भएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

    बैठकले करिडोर भित्र रहेका पर्यटकीय स्थलहरू जोड्ने सर्किट निर्माण गरी दीर्घकालीन पर्यटनको विकास र प्रवर्द्धन गर्ने गरी दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीको संयोजकत्वमा पर्यटन उपसमिति गठन गरेको छ ।

    उपसमितिमा राइनास नगरपालिकाका प्रमुख खड्ग बहादुर गुरुङ र बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा सदस्य रहेका छन् ।

    समितिले आसपासका दुई वा तीन पालिकाको साझेदारीमा सरसफाईको तत्काल दीर्घकालीन समाधानका उपायहरू अर्को बैठकसम्म पहिचान गरी कार्यान्वयनमा लैजानेछ । साथै करिडोर भित्रका पालिकाहरू कृषिमा आत्मनिर्भर हुँदै उत्पादित वस्तुको एक आपसमा बजारीकरण, साझेदारीका कार्यक्रमहरू संयुक्त रुपमा अगाडि बढाउन बृहत छलफल र अन्तरक्रिया कार्यक्रम गर्ने लगायतका महत्वपूर्ण निर्णयहरू भएको करिडोर अध्यक्ष एवम् भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।

    बैठकले आगामी फागुन १२ मा बेसीसहर नगरपालिकामा तेस्रो बैठक बस्ने निर्णय समेत गरेको छ ।

    कार्यक्रममा बन्दीपुर गाउँपालिका अन्तर्गत रहेका १७ पर्यटकीय स्थलहरू समेटिएको ‘क्युआर कोड’ मायाको चिनो स्वरुप बैठकमा सहभागी सबैलाई हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend