logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:07 AM

  • पर्यटकको पहिलो रोजाईमा वसन्तपुर, आन्तरिक पर्यटकको अत्याधिक चाप (फोटोफिचर)

    पर्यटकको पहिलो रोजाईमा वसन्तपुर, आन्तरिक पर्यटकको अत्याधिक चाप (फोटोफिचर)


    पर्यटन नेपाल

    मंगलबार, १० पुष २०८०


    काठमाडौँ । काठमाडौँमा रहेको वसन्तपुर दरबार क्षेत्रमा सधैँ आन्तरिक तथा बाह्य पर्यटकको अत्याधिक चाप हुन्छ । काठमाडौँ आएका मानिसहरूको पहिलो रोजाई हो वसन्तपुर । वसन्तपुर काठमाडौँको मध्य भागमा पर्दछ ।

    यूनेस्को विश्व सम्पदामा सूचिमा रहेको वसन्तपुर दरबार क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सधैँ घईँचो लाग्ने गर्दछ । यस क्षेत्रमा हरेक उमेर समूहका मानिसहरू आउने गर्दछन् । यहाँ आएका पर्यटकहरू आफ्नै उमेर समूहका मानिसहरूसँग मिठा र रमाइलो गफगाफ गर्दै वसन्तपुरमा घुमघाम गरी समय बिताउने गर्दछन् ।

    यो क्षेत्र धार्मिक स्थलको रूपमा पनि प्रसिद्ध छ । धार्मिक आस्थासँग जोडिएका पर्यटक यहाँ आउँदा छुट्टै खालको आनन्द आउने बताउँछन् ।

    हनुमान ढोकाको नामले समेत चिनिने यस दरबार क्षेत्रमा ऐतिहासिक तथा सास्कुतिक महत्त्व झल्काउने मन्दिरहरू समेत छन् ।

    वि.स. २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण जीर्ण बनेका भवन तथा मन्दिरहरू मर्मत गरी रंगरोगन समेत गरेर अहिले उक्त दरबार क्षेत्रको मुहार समेत फेरिएको छ ।

    विभिन्न समयमा हुने विभिन्न खालका पर्व तथा जात्राहरूले वसन्तपुरको रौनकता छाउने गर्दछ ।

    वसन्तपुर क्षेत्रमा हनुमान ढोका, काष्ठमण्डप, कालभैरव लगायत अन्य मन्दिरहरू रहेका छन् । काठमाडौँ उपत्यकामा रहेका तीन शाही दरबार क्षेत्र मध्येको वसन्तपुर दरबार क्षेत्र पनि एक हो ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend