logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   02:15 PM

  • हिमालय एयरलाइन्सको काठमाडौँ-ल्हासा उडान सुरु

    हिमालय एयरलाइन्सको काठमाडौँ-ल्हासा उडान सुरु

    काठमाडौँ-ल्हासा उडान उद्घाटन गर्दै पर्यटन मन्त्री सुदन किँरातीले चीन र नेपालको सम्बन्धमा नेपाल ल्हासा सिधा हवाइ उडान दोस्रो सेतुको रूपमा स्थापित भएको बताए ।


    पर्यटन नेपाल

    बिहिबार, १२ पुष २०८०


    काठमाडौँ । हिमालय एयरलाइन्सले काठमाडौँ-ल्हासा उडान सुरू गरेको छ । हिमालय एयरलाइन्सले बिहीबारदेखि ल्हासामा नियमित उडान सुरू गरेको हो ।

    काठमाडौँ-ल्हासा उडान उद्घाटन गर्दै पर्यटन मन्त्री सुदन किँरातीले चीन र नेपालको सम्बन्धमा नेपाल ल्हासा सिधा हवाइ उडान दोस्रो सेतुको रूपमा स्थापित भएको बताए ।

    उनले भने, ‘सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो । त्यसैले अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ । अब नेपालबाट तिब्बतमा हुने सोझो हवाइ उडान दोस्रो प्रमुख सेतु हुनेछ ।’

    तिब्बतको ल्हासामा प्रति वर्ष लगभग १ करोड पर्यटकहरू घुम्न पुग्छन् । हाल चीनको कोम्निङ, बेइजिङ, साङ्घाई क्विङ्डाओ, चोङ्कुइङ,कोङ्मिङ पछि ल्हासामा समेत गरेर ६ गन्तव्यमा उडान हुन थालेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend