logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:33 AM

  • मन्त्रीको गाडीमा आगजनी : ५४ जना प्रहरीको नियन्त्रणमा

    मन्त्रीको गाडीमा आगजनी : ५४ जना प्रहरीको नियन्त्रणमा


    पर्यटन नेपाल

    शुक्रबार, १३ पुष २०८०


    काठमाडौँ । ललितपुरको बालकुमारीमा भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी आगजनी गरेको आरोपमा प्रहरीले ५४ जनालाई नियन्त्रणमा लिएको छ ।

    शुक्रबार दिउँसो ललितपुरको ग्वार्को–बालकुमारीमा मन्त्री ज्वालाको गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले ५४ जनालाई नियन्त्रणमा लिएको हो ।

    ईपिएसका परीक्षार्थीहरूले मन्त्री ज्वाला चढ्ने बा२झ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

    प्रहरीले आन्दोलनकारीमाथि अश्रुग्यास र गोलीसमेत चलाएको थियो ।

    आन्दोलनले उग्ररुप लिएपछि प्रहरीले गोलि चलाउँदा दैलेखका २३ वर्षिय सुजन रावतको मृत्य भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend