logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   02:12 PM

  • गृह मन्त्रालयले गर्‍यो बालकुमारी घटनाको छानबिन गर्न ३ सदस्यीय समिति गठन

    गृह मन्त्रालयले गर्‍यो बालकुमारी घटनाको छानबिन गर्न ३ सदस्यीय समिति गठन


    पर्यटन नेपाल

    शुक्रबार, १३ पुष २०८०


    काठमाडौँ । गृह मन्त्रालयले बालकुमारी घटना बारे छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेका छ ।
    शुक्रवार ललितपुरको बालकुमारीमा झडप हुँदा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेका दैलेखका सुजन र राउत र वीरेन्द्र शाह रहेका छन् ।
    उनीहरूको मृत्यु हुने गरी भएको बालकुमारी घटना र त्यहाँ भएको प्रदर्शन लगायतका विषयमा छानबिन गर्न गृहले तीन सदस्यीय समिति गठन गरेको हो ।
    डिआइजी लाममणि आचार्यको संयोजकत्वमा गठित समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य छन् ।
    सात दिन भित्र घटनाको छानबिन गरी प्रतिवेदन बझाउन भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend