logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:46 AM

  • पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने कम्पनी र व्यवसायी सरकारद्वारा सम्मानित

    पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने कम्पनी र व्यवसायी सरकारद्वारा सम्मानित


    पर्यटन नेपाल

    बुधबार, १० असोज २०८०


    काठमाडौँ । नेपाल सरकारले पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने कम्पनी एवम् व्यवसायीलाई सम्मान गरेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विश्व पर्यटन दिवसको अवसर पारेर एक वर्षको अवधिमा पर्यटन क्षेत्रमा सबैभन्दा बढी योगदान पुर्‍याएका कम्पनीहरूलाई सम्मान गरेको हो ।

    सम्मानित हुनेमा सेभेन समिट ट्रेक्स प्रा लि रहेको छ । यो कम्पनीले १ अगस्ट २०२२ देखि २०२३ अगस्टसम्म २३ लाख २२ हजार ६४ अमेरिकी डलर मुद्रा आर्जन गरेको मन्त्रालयले जनाएको छ ।

    त्यस्तै एयरलाइन्स कम्पनीतर्फ नेपाल वायुसेवा निगम सम्मानित भएको छ । यो कम्पनले एक वर्षमा ८ करोड ४५ लाख ९ हजार ९३७ अमेरिकी डलर विदेशी मुद्रा आजृन गरेको छ ।

    विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ हिमाल ९२ दिनमा आरोहण गरी कीर्तिमान राखेका क्रिष्टिन हारिला र लामा तेन्जान शेर्पा समेत यस वर्ष सरकारबाट सम्मानित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend