काठमाडौँ । नेपाल आयल निगमले आइपिओ जारी गर्ने भएको छ । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमको आइपिओ जारी गर्न लागेको बताए ।
सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने योजना भएको उनको भनाइ छ । कम्तीमा दुई वटा आर्थिक वर्ष नाफा गर्ने कम्पनीले आइपिओ जारी गर्न पाउँछ तर निगमले अघिल्लो आर्थिक वर्षमा घाटा बेहोरेको थियो ।
निगममा सरकारको पूर्ण स्वामित्व छ । अर्को सरकारी संस्थान नेपाल विद्युत् प्राधिकरणले पनि आइपिओ जारी गर्ने प्रक्रिया सुरु गरेको छ ।