logo

मंगलबार, ११ कार्तिक २०८३

logo

मंगलबार, ११ कार्तिक २०८३   |   09:02 PM

  • थाहाको पर्यटन प्रवर्द्धन गर्न हेटौँडामा फोटो प्रदर्शनी

    थाहाको पर्यटन प्रवर्द्धन गर्न हेटौँडामा फोटो प्रदर्शनी


    पर्यटन नेपाल

    शुक्रबार, २० पुष २०८०


    मनहरि (मकवानपुर) । थाहा नगरको पर्यटन प्रवर्द्धन गर्नका लागि हेटौँडामा फोटो प्रदर्शनी आयोजना गरिएको छ ।

    उत्तरी मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकामा पर्यटन प्रवर्द्धनका लागि बागमती प्रदेशको राजधानीमा फोटो प्रदर्शनी गरिएको हो ।
    शुक्रबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले प्रदर्शनीको उद्घाटन गरिन् ।

    प्रदर्शनीको उद्घाटन गर्दै नगरप्रमुख लामाले प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् । बागमती प्रदेश सरकारले सुरु गरेको भ्रमण वर्ष २०२४ लाई पनि प्रदर्शनीले सघाउ पुग्ने उनले बताइन् ।

    जिल्लाको पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनका लागि १० वटै स्थानीय तह एकजुट हुन जरुरी रहेको उनले भनाइ छ । हेटौँडा उपमहानगरपालिकाले पनि छिट्टै पर्यटन प्रवर्द्धनका लागि विभिन्न प्रदर्शनी आयोजना गर्ने तयारी गरिएको उनले बताइन् ।

    प्रदर्शनीमा थाहा नगरको पर्यटकीय क्षेत्र, प्राकृतिक, धार्मिकस्थल, सभ्यता, संस्कृति र जीवनशैली समेटिएका ६० वटा फोटो राखिएको छ ।

    शनिबारसम्म चल्ने प्रदर्शनीमा पाँच हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend