काठमाडौँ । शुदुरपश्चिम प्रदेश पर्यटकिय हिसावले उच्च सम्भावना बोकेको प्रदेश हो । त्यहाँ बिभिन्न किसिमका रहनसहन रितिरिवाज, कला संस्कृति र पर्यटकिय स्थलहरु रहेको छन् ।
पर्यटन देशको आर्थिक समृद्धिको मेरुदण्ड हो । देश आर्थिक रुपमा बलियो बनाउनु छ भने त्यो पर्यटनबाट ने सम्भव छ । जसले देशको मुहार फेर्न सक्छ । त्यस्तै शुदुरपश्चिम प्रदेश अन्तरगत अछामको ढकारी गाउँपालिका पनि पर्यटकिय हिसावले उच्च सम्भावना बोकेको प्रदेश हो ।
साविकको ढकारी, हिम्चा, वलाता, ढुङ्गाचाल्ना र घोडासैनि गाविस मिलेर ढकारी गाउँपालिका बनेको हो । यो पालिका प्राकृतिक रुपमा आफैमा सुन्दर पालिका हो । भौगोलिक अवस्थिति, ऐतिहासीक चिनारी तथा नामाकरण, राजनितिक अवस्थिति र प्राकृतिक तथा सास्कृतिक उत्कृष्टता रहेको यस पालिका सुन्दर स्थलको संगम हो ।
ढकारीको पहिचान यहाँका आफ्नै बिभिन्न किसिमका कला संस्कृति र पर्यटकिय स्थलहरु हुन् । अछामलाई बिकटताको रुपमा पनि लिइन्छ । तर पछिल्लो समय बिकाशले गति लिदै गएको छ । त्यस्तै अछाम स्थित ढकारी गाउँपालिले पनि एउटा राम्रो जनप्रतिनिधि पाएको छ । जसले गर्दा ढकारीमा बाटो, पाटिपौवालगायतका कामहरु ढकारीमा बन्दै गएका छन् । ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश साउदका अनुसार ढकारीमा जे जति पनि पर्यटकिय स्थलहरु छन् तिनको संरक्षण, जगेर्ना र प्रवद्र्धन गर्न पालिकाले अहम् भूमिका खेलेको छ ।
ढकारीमा तितौडा मन्दिर, शिव गुफा, सुर्यगाडा, जाल्पादेवि मन्दिर, त्रिवेणी लगायतका बिभिन्न ताल तलैया, मन्दिर, पाटिपौवा र झरनाहरु नै यस पालिकाका प्रमुख चिनारी हुन् । यी पर्यटकिय क्षेत्रको प्रवद्र्धन गर्न पालिकाले पहल गरिरहेको अध्यक्ष साउँदले बताए ।
ढकारी र सुर्खेतको सिमामा रहेको त्रिवेणीमा फागुन र चैतमा बिदेशी पर्यटकहरु पनि आउने गर्दा यसको बिशेष प्रवद्र्धन गर्नु पर्ने तर यसमा केन्द्रिय सरकारले नजरअन्दाज गरेको छ ।
त्रिबेणीमा नयाँ वर्षमा मेला पनि लाग्ने गर्दछ । यहाँ उक्त मेलामा हजारौको संख्यामा आन्तरिक पर्यटक आउँने गरेको पालिका अध्यक्ष साउदले बताए । यसको बिशेष रुपमा प्रचारप्रसार गनेृ हो भने धेरै भनदा धेरै पर्यटक भित्राउन सकिने अध्यक्ष साउदले बताए ।
‘बेनिघाटलाई बनाउँन सकियो भने ढकारी गाउँपालिका पर्यटकको राम्रो केन्द्रु बन्न सक्छ र ढकारीले लाभ लिन सक्छ ।’ उनले भने, ढकारीमा बिदेशी पर्यटकहरु भित्राउन बाटोहरु बनाउँदै छौँ । ढकारीका आफ्नै पहिचानहरु छन् । जसको प्रवद्र्धन गर्न नसक्दा तिनले पाउँनु पर्ने स्थान पाएक छैनन् ।’
यहा लाग्ने मुख्य मेलाहरु भनेको जाल्पादेवि, तितौडा र भुवहरु हुन् । उनले भने, ‘हामीले हाम्रो पालिकामा भएका कला, संस्कृति र पर्यटकिय स्थलहरुको जगेर्ना गर्न सक्यौँ भने यसले भकारीलाई चिनाउन अझ मदत गर्ने छ ।’
पालिकाहरुको पर्यटकिय क्षेत्रहरुको प्रवद्र्धन र वृद्धि बिकाशको लागि केन्दिय सरकारको ध्यान पुग्न सकेको छैन् । पालिकाको पर्यटनलाई अन्तराष्टियकरण गर्न सकियो भने देशकोआर्थि अवस्था सुधार हुने उनको भनाई छ ।
अध्यक्ष साउदले भने, पालिकाको पर्यटनमा केन्दिय सरकारले अहिले जसरी नजरअन्दाज गरेको छ । यहि पालिकाको पर्यटनलाई ध्यान राखि अन्तरराष्टियकरण गर्नसकियो भने त्यसले देशलाई लाभ दिने छ । अछामको समग्र पर्यटकिय क्षेत्रमा सरकारले ध्यान दिओस् ।
सबै पालिकाहरुको पर्यटनबारे केन्द्रिय सरकारले सोच्न जरुरी रहेको छ जसले पालिकाको पर्यटनले पनि पर्यटक पाउने र पालिकाको बिकाशमा सुधार हुने उनले आशय व्यक्त गरेका छन् ।
उनले भने, ‘अछामको रामारोशनले मुगु, रारा र पोखरा फेवाताल भन्दा पनि अगाडि चर्चा पाउँनु पर्ने ठाउँ हो तर केन्द्रिय सरकारको ध्यान नपुग्दा अझै पनि पिछडिएको छ । यो विषयामा सरकारको छिटै नजर पुगोस् ।’
देशको सरकारी संयन्त्र कमजोर हुँदा आज देशले जुन अवस्था बेहोरीरहेको छ त्यसमा उनले चिन्ता व्यक्त गरे । यहि देशको सरकारी संयन्त्र बलियो भयो भने देशको अवस्था फेरिने उनको भनाई छ ।