काठमाडौँ । पर्यटकीय सिजन सुरु भएपछि रामेछापको मन्थलीबाट लुक्ला उडान नियमित भएको छ।
सिजनमा सगरमाथा क्षेत्र जाने पर्यटक बढ्न थालेसँगै अहिले तारा र समिटले चार्टर्ड उडान गरेका हुन् ।
यी दुवैले हाल दैनिक ५र५ वटासम्म उडान गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले असोज १४ गतेदेखि लागू हुने गरी उडान तालिका बनाएको छ।