logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • पर्यटकलाई लक्षित गरी कर्णाली नदीमा मोटरबोट सञ्चालन

    पर्यटकलाई लक्षित गरी कर्णाली नदीमा मोटरबोट सञ्चालन

    बोटबाट कर्णाली नदीमा जलविहार गर्नको लागि १ किलोमिटरसम्मको यात्रा गर्न तीन सय रुपियाँ शुल्क लाग्ने राजापुर नगरपालिकाले जनाएको छ ।


    पर्यटन नेपाल

    बुधबार, २५ पुष २०८०


    काठमाडौँ । राजापुर नगरपालिकाले कर्णाली नदीमा मोटरबोट सञ्चालनमा ल्याएको छ । तयार नेपालको आर्थिक सहयोगमा पर्यटकलाई लक्षित गरी कर्णाली नदीस्थित सत्तीघाट पुल नजिकै मोटरबोट सञ्चालनमा ल्याएको हो ।

    नगरपालिकाले मोटरबोट ल्याएपछि राजापुर क्षेत्रमा पर्यटकीय गतिविधि बढ्नुका साथै आन्तरिक पर्यटनमा टेवा पुग्ने राजापुर नगरपालिका प्रमुख दीपेश थारुले बताए । उनले मोटरबोट पर्यटन प्रवर्द्धनका साथै बाढीका बेला मानवीय सहायता र उद्धारका लागि प्रयोग गरिने बताए ।

    मोटरबोट सञ्चालनपछि कर्णाली नदी किनार वरपरको रमणीय वातावरणमा रमाउँदै जलविहार गर्न रुचाउनेका लागि मोटरबोट उपयुक्त रहेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिए ।

    राजापुर नगरपालिकाले तयार नेपालको आर्थिक सहयोगमा सञ्चालन गरेको उक्त बोटको लागत ४५ लाख रुपियाँ रहेको र यसलाई कार्यविधि बनाएर सञ्चालन गरिएको राजापुर नगरपालिकाका विपद फोकल पर्सन खुसीराम थारुले जानकारी दिए ।

    बोट सञ्चालन गर्नका लागि दुई जनालाई १५ दिनको तालिम दिइएको छ । पानीको बहाव र अनुकूलता हेरेर यसलाई वर्षभरि नै सञ्चालन गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ । बोटमा यात्रा गर्ने यात्रुहरूको बीमासमेत हुनेछ ।

    बोटबाट कर्णाली नदीमा जलविहार गर्नको लागि १ किलोमिटरसम्मको यात्रा गर्न तीन सय रुपियाँ शुल्क लाग्ने राजापुर नगरपालिकाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend