logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • धनगढी उडेको श्री एयरलाइन्स र बुद्ध एयरको विमान सुर्खेतमा अवतरण

    धनगढी उडेको श्री एयरलाइन्स र बुद्ध एयरको विमान सुर्खेतमा अवतरण


    पर्यटन नेपाल

    बुधबार, २५ पुष २०८०


    काठमाडौँ । मौसम प्रतिकुलका कारण धनगढी विमानस्थलको हवाइ सेवा प्रभावित भएको छ ।

    बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि बुधबार बिहान काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज अवतरण गर्न नसकेपछि विमान सुर्खेत विमानस्थलमा अवतरण गरेका छन् ।

    श्री एयरलाइन्स बिहान ९ः३९ मा उडेको जहाजले धनगढीको आकाशमा ४५ मिनेट फन्को हानेको थियो । तर मौसम नखुलेपछि सुर्खेत विमानस्थलमा अवतरण गरिएको हो । अब सुर्खेतमा अवतरण गरेका विमानहरु मौसम खुलेपछि मात्र त्यहाँबाट उड्ने भएका छन् ।

    बुद्ध एयर बिहान ९ः४० मा काठमाडौंबाट उडेको जहाज कर्णालीको आकाशबाटै फर्किएर सुर्खेत विमानस्थलतर्फ गएको थियो । सुर्खेत विमानस्थलमा अवतरण गरेको विमान मौसम खुलेपछि मात्र धनगढीका लागि उड्ने बुद्ध एयरले जनाएको छ ।

    धनगढी विमानस्थल कार्यालयका अनुसार बिहान मौसम खुलेका कारण काठमाडौंबाट दुवै एयरलाइन्सका विमान उडेका थिए तर एकाएक बाक्लो हुस्सु लागेपछि विमान अवतरण गर्न नसकेपछि फर्किएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend