logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:31 AM

  • घुम्नैपर्ने विश्वका ५२ गन्तव्यको सूचीमा नेपाल पनि समावेश

    घुम्नैपर्ने विश्वका ५२ गन्तव्यको सूचीमा नेपाल पनि समावेश


    पर्यटन नेपाल

    आइतबार, २९ पुष २०८०


    काठमाडौँ । ‘द न्यूयोर्क टाइम्स’ ले सन् २०२४ मा घुम्नै पर्ने विश्वका विभिन्न देशहरूको सूचीमा नेपाललाई पनि समावेश गरेको छ ।

    न्यूयोर्क टाइम्सले २०२४ को लागि ५२ देशका विभिन्न स्थानको सूची बनाएको छ, जसमा नेपाल ३७ औं स्थानमा छ । सूचीमा नेपालको मुस्ताङलाई समावेश गरिएको छ ।

    नेपालको उत्तरी क्षेत्रमा अवस्थित प्राचीन हिमाली अधिराज्यको रूपमा रहेको मुस्ताङले शताब्दीदेखि यसको ग्रामीणता र तिब्बती संस्कृतिलाई बचाएर राखेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

    न्यूयोर्क टाइम्सले हाल चीनबाट यो क्षेत्र जोड्ने करिब २९० किलोमिटर सडक वा चीनकै ऋण सहयोगमा बनेको पोखरा अन्तराष्ट्रिय विमानस्थल प्रयोग गरेर यो क्षेत्र पुग्न सकिने बताएको छ ।

    सन् १९९० सम्म पर्यटकहरूलाई प्रतिबन्ध लगाइएको मध्यकालिन किला लोमानथाङसम्म पर्यटनको आगमन सहज भएको छ । यो क्षेत्रमा अन्नपूर्ण, धौलागिरी हिमाल श्रृखंला नियाल्दै खोलाखोल्चा, हिम नदीको अवलोकन गर्न पाइने समेत उल्लेख गरिएको छ ।

    न्यूयोर्क टाइम्सले मुस्ताङमा बजेटमैत्री होटलहरू रहेको र अहिले यो क्षेत्रको यात्रामा जानेले अनुमति लिएका गाइड, भरिया प्रयोग गर्नै पर्ने व्यवस्था गरिएको जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend