logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   01:42 PM

  • पश्चिम नेपालको ब्रान्डिङ र प्रवर्द्धनका लागि नेपालगञ्जमा पर्यटन बोर्डको कार्यशाला

    पश्चिम नेपालको ब्रान्डिङ र प्रवर्द्धनका लागि नेपालगञ्जमा पर्यटन बोर्डको कार्यशाला


    पर्यटन नेपाल

    आइतबार, २९ पुष २०८०


    काठमाडौँ । नेपाल पर्यटन बोर्डले नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट (नाट्टा) बाँके च्याप्टरको समन्वयमा पश्चिम नेपालको ब्रान्डिङका लागि शनिवार नेपालगञ्जमा सरोकारवालाहरुसंग कार्यशाला सम्पन्न गरेको छ ।

    पश्चिम नेपालको प्रवेशद्वारको रूपमा महत्वपूर्ण पर्यटन केन्द्रको रूपमा रहेका पर्यटकीय गन्तव्य बाँके–बर्दिया लगाएतका क्षेत्रको ब्रान्डिङ र प्रवर्द्धनका लागि साझा दृष्टिकोण तय गर्न स्थानीय सरोकारवालाहरूसँगको सहभागितामा बोर्डले कार्यशाला आयोजना गरेको थियो । यस कार्यशालाले नेपालगन्ज तथा बर्दिया लगायतका क्षेत्रलाई पुग्नै पर्ने पर्यटन गन्तव्यको रूपमा विकास, ब्रान्डिङ र प्रवद्र्धनका लागि साझा दृष्टिकोण तय गर्ने अपेक्षा गरिएको नेपाल पर्यटन बोर्डका प्रबन्धक सुर्य थपलियाले जानकारी दिए ।

    उनले भने, ‘स्थानीयको आवश्यक्तालाई जोड दिँदै ‘बटम अफ अप्रोच’ बाट सहभागितात्मक मोडेलको पर्यटकीय गन्तव्य विकासका योजना तयार गर्न खोजेका छौं ।’

    सरकारी, निजी क्षेत्र, समुदाय र सञ्चार माध्यमका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यशालाले त्यस क्षेत्रको समग्र ब्रान्डिङ, सीमापार पर्यटन र आध्यात्मिक पर्यटनलाई जोड दिनु पर्ने आवश्यक्तामाथी जोड दिएका थिए ।

    कार्यशालामा नेपालजञ्जका मेयर प्रशान्त विष्टले नपालगञ्जमा द्रुत गतिमा पर्यटकीय गतिविधि बढिरहेको सन्दर्भमा कार्यशाललाले यो षेत्रको समग्र पर्यटकीय ब्रान्डिङमा सहयोग पुग्ने बताए ।

    कार्यशालाामा नेपालगन्ज महानगरपालिका र वरपरका नगरपालिकाका प्रतिनिधिहरु सहित भन्सार, अध्यागमन, यातायात, सुरक्षा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका पदाधिकारीहरुको पनि सक्रिय सहभागिता रहेको बोर्डका प्रबन्धक अर्चना केसी राणाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend