logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   05:59 AM

  • पर्यटन विश्वविद्यालय चलाउने योजना छ : पर्यटन मन्त्री किराँती

    पर्यटन विश्वविद्यालय चलाउने योजना छ : पर्यटन मन्त्री किराँती


    पर्यटन नेपाल

    सोमबार, १ माघ २०८०


    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले विश्वभरका मानिसहरुले नेपालको पर्यटन प्रवद्र्धनको बारेमा पढन पाउने भएकाले पर्यटन विश्वविद्यालय निर्माण गर्ने तयारी गरेको बताएका छन् ।

    उनले नेपालमा टुरिजमको सम्भावना धेरै भएको कारण पर्यटन विश्वविद्यालयको निर्माण गर्न खोजेको बताए । मन्त्री किराँतीले भने, ‘ निकट भविष्यमा पर्यटन विश्वविद्यालय चलाउने योजना छ ।’

    उनले सरकारको नीति तथा कार्यक्रमदेखि बजेटमा पनि उल्लेख भएको कुरालाई कार्यान्वयन गर्ने बताए । भविष्यमा पर्यटन विश्वविद्यालय चलाउने अर्को नीति भएको र  त्यसका लागि ऐन मस्यौदा बन्दै गरेको पनि उनले बताए ।

    विश्वमा नै दक्ष जनशक्तिको कमी हुँदै गएको बेला नेपालमा पनि दक्ष जनशक्तिको कमी भएको उनले भनाइ छ ।

    ३५ लाख पर्यटक १० वर्षभित्र ल्याउने याेजना छ । त्यसका लागि गाइड, बाटो निर्माण, होटललगायतका क्षेत्रमा तालिमप्राप्त दक्ष जनशक्ति चाहिने भएको हुँदा त्यसैकै लागि पर्यटन विश्वविद्यालय निर्माण गर्न लागेको मन्त्री किराँतीले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend