म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा गहुँ खेतीको हरियाली र पहेँलाम्मे तोरी खेतीको मनमोहक दृष्य । रत्नेचौरको यो दृश्य हेर्न र कैद गर्न आन्तरिक पर्यटक आउन थालेका छन् । तस्बिर: सन्तोष गौतम

मकर सङ्क्रान्तिका अवसरमा दाङको लमही नगरपालिका ९ रिहारस्थित बगारबाबा धाममा रहेको तप्तकुण्डमा नुहाउँदै भक्तजन । नेपालका विभिन्न जिल्ला र भारतको उत्तर प्रदेशबाट समेत मकर सङ्क्रान्तिमा भक्तजन यहाँ आउने गर्दछन् । तस्बिर: कुलदीप न्यौपाने

काली गण्डकी र त्रिशूली नदीको सङ्गमस्थल पवित्र तीर्थस्थल देवघाटधाममा डुङ्गा चढेर वारपार गर्दै भक्तजन । झोलुङ्गे पुल जिर्ण अवस्थामा रहेकोले वैकल्पिक बाटोको रूपमा डुङ्गा प्रयोग गर्न देवघाट क्षेत्र विकास समितिले अनुरोध गरेको छ । तस्बिर: मिला दरै

काली गण्डकी र त्रिशूली नदीको सङ्गम पवित्र तीर्थस्थल देवघाटमा मकर सङ्क्रान्तिको दिन सोमबार बिहान पूजा तथा स्नान गर्न आएक भक्तजनको घुइँचो । तस्बिर: सनद अधिकारी

नवलपुरको कावासोतीमा चैते धान रोपाइँका लागि राखिएको धानको ब्याड। तस्बिर: दयाराम आचार्य

काली गण्डकी र त्रिशूली नदीको सङ्गम पवित्र तीर्थस्थल देवघाटमा मकर सङ्क्रान्तिको दिन सोमबार बिहान पूजा तथा स्नान गर्दै भक्तजनहरु । तस्बिर: सनद अधिकारी

धार्मिक तिर्थस्थल त्रिशुली र कालीगण्डकी नदीको सङ्गमस्थल तनहुँको देवघाटधाममा मकर सङ्क्रान्तिको दिन सोमबार पूजा तथा गङ्गा स्नान गर्दै तिर्थालु भक्तजन । तस्बिरः मिला दरै