logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:53 AM

  • जापानको एयरपोर्टमा फेरि विमान ठोक्किएर आगलागी

    जापानको एयरपोर्टमा फेरि विमान ठोक्किएर आगलागी


    पर्यटन नेपाल

    बुधबार, ३ माघ २०८०


    काठमाडौँ । जापानको विमानस्थलमा फेरि दुई वटा विमान ठोक्किएका छन् । जापानको हानेदा विमानस्थलमा दुई जनवरीमा विमान ठोक्किएर आगलागी भएको हो । उक्त घटना भएको दुई हप्तापछि होक्काइदोको न्यु चितोस विमानस्थलमा पनि विमान ठोक्किएका हुन् ।

    जापानको सरकारी समाचार माध्यम एनएचकेका अनुसार दक्षिण कोरियाको कोरियन एयर र हङकङको क्याथे प्यासिफिक विमान ठोक्किएका हुन् । कोरियन एयरका एक अधिकारीका अनुसार उडान भर्ने बेला क्याथे प्यासेफिक एयरको विमानसँग ठोक्किएका थिए ।

    कोरियन विमानमा २८९ यात्री सवार थिए । प्यासेफिक एयरको विमानमा भने यात्रुहरु थिएनन् । यो दुर्घटनापछि न्यु चितोस एयरपोर्टमा विमानहरुको उडान रद्द भएका थिए ।

    दुई हप्ता अघि हानेदा विमानस्थलको रनवेमा दुई वटा विमान ठोक्किएर आगलागी हुँदा कोस्ट गार्डको विमानमा सवार चालक दलका ६ सदस्यहरुमध्ये ५ जनाको ज्यान गएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend