काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ६० वटा पुरानो गाउँको खोजिमा रहेको बताएका छन् ।
मन्त्री भएको एक वर्ष पुगेको अवसरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री किरातीले पर्यटन क्षेत्रको विकास गर्न पुरानो गाउँको खोजिमा रहेको बताएका हुन् ।
उनले भने,‘पर्यटन क्षेत्रको विकास नभइ मुलुको विकास हुँदैन। त्यसैले पुराना सम्पदा र गाउँको खोजिमा छौं ।’ मन्त्री किराँतीले देशमा पर्यटकको संख्या बढाउन पुरानो गाउँको खोजिमा रहेको बताए ।
उनले मन्त्री बनेको एक वर्षको अवधिमा १०१ काम गरेको दावी गरे । पहिलो तीन महिनामा पशुपतिनाथ मन्दिर परिसर र सम्पदाहरुको विशेष सरसफाइमा विशेष जोड दिएको बताए । ९ महिनाभित्रमा मध्यम खालको काम गरेको र त्यसको परिणाम आउन बाँकी रहेको उनको भनाइ छ ।
मन्त्री किराँतीले दुर्गम क्षेत्रमा उडान भर्ने साना तीनवटा जहाज खरिद प्रक्रिया अगाडि बढाइसकेको र वि।स। २०१२ बाट ग्राउन्डेड भएको ट्वीनेटर जहाज एक महिनामा मर्मत गरी पुनस् उडानमा ल्याउने तयारी भइरहेको बताए ।
उनले २३ वटा विमानस्थललाई पूर्णक्षमता सञ्चलनमा ल्याउनेगरी काम भइरहेको र चिनियाँ जहाजलाई निकास दिनेगरी टेन्डर प्रक्रिया अगाडि बढाइसकेको बताए । पर्यटक बढाउन लिजमा जहाज ल्याउने प्रक्रिया पनि अगाडि बढिसकेको उनको भनाए छ ।