काठमाडौँ । काठमाडौँको बसुन्धरा स्थित साउथ वेस्टन कलेजले दुई दिने विज्ञान प्रदर्शनीको आयोजना गर्न लागेको छ । उक्त आयोजना माघ १८ र १९ गते गर्न लागिएको हो ।
विगत बाह्र बर्षदेखि विद्यालय तह र कलेज स्तरका विद्यार्थीहरुको सहभागितामा आयोजना गर्ने गरिएको उक्त विज्ञान प्रदर्शनी काठमाडौँका कलेज साथै विद्यालयहरुमा निकै लोकप्रिय रहेको छ ।
प्रदर्शनीमा पचास वटा भन्दा बढी विद्यालय, कलेज, अमेरिकन राजदुतावास साथै शैक्षिक परामर्शदाता संस्थाहरुको सहभागिता रहने छ । प्रदर्शनीमा बीस हजार भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ । धेरै अवलोकनकर्ताहरुले अवलोकन गर्ने भएकोले पनि प्रदर्शनीमा आफ्नो कलेज, विद्यालयको स्टल राख्न धेरै विद्यालय र कलेजहरुको नाम आएकोले व्यवस्थापन गर्न अप्ठ्यारो परेको आयोजक साउथवेस्टन कलेजले जनाएको छ ।
विद्यार्थीहरुले किताबमा पढेका विषयलाई यस किसिमको प्रदर्शनिले बुझ्न सजिलो बनाउने छ । कक्षा कोठामा सिकेका कुरालाई व्यवहारिक प्लेटफर्म उपलब्ध गराउने उद्धेश्यले प्रदर्शनीको आयोजना गरिएको आयोजकले जनाएको छ ।
देशमा उर्जाशिल युवा वैज्ञानिक उत्पादन गर्न साउथ वेस्टन कलेजमा आयोजना गरिएका यस प्रकारका विज्ञान प्रदर्शनीले सहयोग गरेको रुसमा भएको यङ साइन्टिसहरुको प्रदर्शनीमा नेपालको तर्फबाट स्वर्ण पदक साउथ वेस्टन कलेजका विद्यार्थी स्वराज सागर प्रधानले प्राप्त गरेका थिए ।