logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:11 AM

  • श्री एयरलाइन्सद्धारा नेपालगञ्जबाट कैलाश पर्वत तथा मानसरोवरमा उडान

    श्री एयरलाइन्सद्धारा नेपालगञ्जबाट कैलाश पर्वत तथा मानसरोवरमा उडान


    पर्यटन नेपाल

    सोमबार, १५ माघ २०८०


    काठमाडौँ । श्री एयरलाइन्सले कैलाश पर्वत तथा मानसरोवरमा उडान गरेको छ ।

    पहिलो पटक श्रीको ‘सिआरजे नाइनएन एमबी’ विमानले नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि पर्वतीय उडान गरेको हो । श्रीले सोमबार (आज) प्रेस विज्ञप्ति जारी गर्दै कैलाश पर्वत तथा मानसरोवर उडान गरेको यो पहिलो रहेको जनाएको छ ।

    क्याप्टेन प्रफुल्ल वैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालक दल ५ जना समेत उडान गरिएको हो ।

    श्री एयरलाइन्स, टेम्पल ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगञ्जको सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान २७ हजार फिट उचाइबाट गरिएको हो ।

    नेपालगञ्जबाट नेपाली, भारतीय, विदेशी लगायत धार्मिक पर्यटकहरू आकर्षित गर्न सकिने र आर्थिक गतिविधिमा समेत महत्वपूर्ण उपलब्धि हुने विश्वास रहेको एयरलाइन्सले जनाएको छ ।

    नेपालगञ्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौंमा ल्याइ पशुपतिनाथ दर्शन गराउने योजना रहेको एयरलाइन्सले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend