logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:27 AM

  • नेपालको पर्यटन व्यवसायमा लगानी गर्न जापानी व्यवसायीहरु इच्छुक

    नेपालको पर्यटन व्यवसायमा लगानी गर्न जापानी व्यवसायीहरु इच्छुक


    पर्यटन नेपाल

    शुक्रबार, १९ माघ २०८०


    काठमाडौँ । नेपाल पर्यटन बोर्डले जापानमा नेपालको पर्यटन प्रर्वद्धन गर्न तथा नेपालको पर्यटन क्षेत्रमा जापानीज लगानी भित्र्याउन नेपालका लागि जापानका राजदूत तथा जापानी व्यवसायीसँग काठमाडौँमा अन्तरक्रिया सम्पन्न गरेको छ ।

    काठमाडौँमा आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताका (Kikuta Yutaka) तथा जापानका सरकारी अधिकारी एवं व्यवसायीहरुको टोलीलाई नेपाल पर्यटन बोर्डका बजार शाखा प्रमुख निमित्त निर्देशक लक्ष्मण गौतमले स्वागत गरेका थिए ।

    कार्यक्रममा बोल्दै राजदुत युताकाले जापान र नेपालबीच पूरानो सम्बन्ध रही आएको चर्चा गर्दै कानूनी सहजता भएमा जापानीहरु नेपालमा लगानी गर्न तयार रहको बताए ।

    उनले भने, ‘नेपाल सुन्दर छ । जापानी नागरिकहरुले नेपाल भ्रमण गर्न मन पराउँछन् । गतवर्ष जापानका विभिन्न कम्पनीका उच्चपदाधीकारीहरुसंग नेपालमा भएको भेटघाट तथा अन्तरक्रियाले नेपालबारे थप बुझ्न सहयोग पुगेको थियो । यो पटकको भ्रमणमा पर्यटन क्षेत्रमा के गर्न सकिन्छ भन्ने चासो बढेको छ ।’

    यस्तै बोर्डका निमित्त निर्देशक लक्ष्मण गौतमले नेपालको पछिल्लो पर्यटनका बारेमा जानकारी दिँदै नेपालको हिमाल आरोहणमा प्रथम महिला सगरमाथा आरोही जुन्को तावेईसँगै अन्य विभिन्न एतिहासिक तथा आपसी सहयोगका विविध कार्यक्रमले नेपाल जापान सम्बन्धको छुट्टै आयाम रहेको र नेपालको पर्यतीय पर्यटनको प्रर्वद्धनमा जापानको राम्रो भूमीका रहेको बताए । उनले नेपालमा जापानी रेष्टुरेष्टहरु बढ्दै गईरहको उल्ले गर्दै नेपालको पर्यटन क्षेत्र लगानीको लागी उर्पयुक्त क्षेत्र भएको बताए ।

    नेपाल भ्रमण रहको उक्त टोलीमा जापानका विभिन्न प्रतिष्ठित कम्पनीका सञ्चालन तथा कार्यकारी प्रमुखहरूको सहभागिता रहेको थियो ।

    जापानबाट सन् २०२३ मा १६ हजार ४६३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुन संख्या २०१९ मा ३० हजार ५३४ थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend