logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:57 AM

  • बागलुङमा तीन जना यात्रुसहित बाढीले बगायो जिप

    बागलुङमा तीन जना यात्रुसहित बाढीले बगायो जिप


    पर्यटन नेपाल

    शनिबार, १३ असोज २०८०


    काठमाडौं । बागलुङबाट पोखरा आउँदै गरेको जिप बाढीले बगाएको छ ।

    शनिबार साँझ ७ बजेतिर पर्वतको कुश्मा नगरपालिका–७ मा तमादी खोलाको बाढीले यात्रुवाहक जिपसहित तीन जना यात्रु बगाएको हो ।

    बागलुङबाट छुटेको ग १ च ६२१३ नम्बरको जिपमा एक जना यात्रु बागलुङबाटै आएका थिए । बाँकी दुई जना बाटोबाट चढेका थिए । चालकलाई प्रहरीले उद्धार गरी नियन्त्रणमा राखेको छ ।

    चालकले दिएको प्रारम्भिक सूचनाअनुसार जिप खोलामा फसेको थियो। जिप फसेपछि चालक झरेर टायरमा ओट लगाउन खोज्दा बाढीले जिप बगाएको हो । त्यति बेलासम्म यात्रु जिपमै रहेको उनले बताएका छन्। अहिले सवार यात्रुको खोजीकार्य जारी छ।

    जिप भने केही समयअघि तमादी खोला र मोदी खोलाको दोभानमा भेटिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend