काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले क्यान्सरका बिरामीलाई निः शुल्क हवाई सेवा प्रदान गर्दै आएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत निगमले काठमाडौँ–दिल्ली–काठमाडौँ हवाई उडानमा क्यान्सर बिरामीलाई शतप्रतिशत र बिरामी कुरुवालाई ५० प्रतिशत हवाई सेवामा छुट दिएको छ ।
निगमले सन् २०२३ मा ७७० जना यात्रुलाई छुट सुविधा दिएकाे थियो । निगमले लामो समयदेखि क्यान्सर पीडित बिरामीलाई सुविधा दिँदै आएको जनाएको छ ।