logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:07 AM

  • सोल्टी होटेलमा रहेको नेपाल एयरलाइन्सको सेयर बेचेर नयाँ जहाज किन्ने

    सोल्टी होटेलमा रहेको नेपाल एयरलाइन्सको सेयर बेचेर नयाँ जहाज किन्ने


    पर्यटन नेपाल

    आइतबार, १४ असोज २०८०


    काठमाडौँ । नेपाल वायुसेवा निगमले सोल्टी होटेलमा रहेको सेयर बेचेर जहाज खरिद गर्न सिफारिस गरेको छ ।

    निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले नेपाल एयरलाइन्सको सोल्टी होटेलमा रहेको सेयर बेचेर जहाज खरिद सिफारिस गरेको हो ।

    पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजक रहेको पाँच सदस्सीय समितिले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

    एयरलाइन्सको सोल्टी होटेलमा १ करोड ३ लाख ३३ हजार ६९९ कित्ता सेयर छ । १९ भदौसम्म यो कम्पनीको सेयरको मूल्य प्रतिकित्ता ४४३ रुपैयाँ रहेको र निगमको सेयर बेच्दा ४ अर्ब ५७ करोड ७८ लाख २८ हजार ६५ रुपैयाँ पुग्ने देखिन्छ । यो बिक्री गरी प्राप्त हुने रकमबाट नयाँ जहाज खरिदमा उपयोग गर्न सकिने सिफारिस समितिले गरेको हो ।

    अर्कोतर्फ निगमले बजारबाट २ अर्ब १९ करोड रुपैयाँ उठाउनु पर्ने अवस्थामा देखिएको समेत समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend