काठमाडौँ । कर्णाली कन्क्लेभ २०२४ आयोजना हुने भएको छ । सुर्खेतको विरेन्द्रनगरस्थित सिद्धार्थ रिसोर्टमा फागुन १८ र १९ गते कर्णाली कन्क्लेभ २०२४ आयोजना हुने भएको हो ।
उक्त कन्क्लेभमा ४० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता हुने जनाइएको छ ।कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा यो कन्क्लेभ दुई दिन हुने भएको छ ।
कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्टको थिममा केन्द्रित रहने यो कार्यक्रममा ५० भन्दा बढी विज्ञ र सरोकारवालाहरू रहने आयोजकले जनाएको छ ।कन्क्लेभमा ४ वटा महत्त्वपूर्ण किनोट प्रस्तुति र ६ वटा प्यानल सेसनहरू रहेका छन् ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीका अनुसार २ दिने कन्क्लेभले प्रदेशको लागि डिजिटल रोडम्याप बनाउनको लागि पनि सहयोग पुर्याउने छ ।
उक्त कार्यक्रममा सङ्घीय सरकार, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरुर अन्य ६ प्रदेशबाट सम्बन्धित मन्त्री र सचिवहरूको उपस्थिति रहने छ ।