काठमाडौँ । काठमाडौँबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकोप्टर ९ मिनेटमा नै फेरि काठमाडौँ फर्किएको छ ।
नाइन एन एजेडी कलसाइन काठमाडौँबाट ८ः१४ बजे लुक्लाका लागि उडेको उक्त हेलिकोप्टर ८ः२३ मिनेटमा नै काठमाडौँमा ल्याण्ड गरेको हो ।
हेलिकोप्टर बीच बाटोबाटै फर्किनुको कारण प्राविधिक गडबडी भनिएको छ । तर कस्तो खालको प्राविधिक समस्या हो भन्ने खुलाइएको छैन ।
लुक्लातर्फको मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।