logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   01:45 PM

  • कर्मचारी सञ्चय कोषले माग्यो विभिन्न तहका लागि ३० कर्मचारी (सूचनासहित)

    कर्मचारी सञ्चय कोषले माग्यो विभिन्न तहका लागि ३० कर्मचारी (सूचनासहित)


    पर्यटन नेपाल

    शुक्रबार, ११ फाल्गुन २०८०


    काठमाडौँ । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

    शुक्रवार कोषले सूचना प्रकाशन गर्दै नवौँदेखि पाँचौँ तहका विभिन्न पदका लागि कर्मचारी मागेको हो । कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उप प्रबन्धक एकरएक जना मागेको छ ।

    सहायक प्रबन्धकमा १२ जना मागेको छ। जसमध्ये खुलाबाट ७ जना, महिला र आदिवासी जनजातिबाट २र२ जना र मधेसीबाट १ जना नियुक्त हुनेछन् । त्यस्तै प्रशासनतर्फ १ जना र प्राविधिकतर्फ १ जना सहायक प्रबन्धक मागिएको छ ।

    पाँचौँ तहको प्रशासनतर्फ प्रमुख सहायकका लागि १३ जना कर्मचारी मागिएको छ। जसमध्ये ८ जना खुलाबाट, महिला र आदिवासी जनजातिबाट २र२ जना र १ जना मधेसीबाट नियुक्त गरिनेछ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले २१ दिनभित्र दरखास्त दिनुपर्ने छ ।

    हेर्नुहोस् कोषले जारी गरेको सूचना :

    karmachari-sanchaya-kosh-1708656361.jpg

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend