logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • कालिकोटको कोटवाडा विमानस्थल ३८ वर्षपछि सञ्चालनमा आउँदै

    कालिकोटको कोटवाडा विमानस्थल ३८ वर्षपछि सञ्चालनमा आउँदै


    पर्यटन नेपाल

    शनिबार, १२ फाल्गुन २०८०


    काठमाडौँ । कोटवाडा विमानस्थल सञ्चालन हुने भएको छ । कालिकोट नरहरिनाथ गाउँपालिका-१ स्थित उक्त विमानस्थल निर्माण सुरु भएको ३८ वर्षपछि सञ्चालनमा आउन लागेको हो ।

    वि.स. २०४२ सालबाट निर्माण कार्य सुरु भएको सो विमानस्थलको डेढ वर्ष अघि मात्रै कालोपत्रेको काम सकिएको थियो । तर कालोपत्रेको काम सकिए पनि विमानस्थल भने सञ्चालनमा आएको थिएन ।

    २०५८ सालमा कोटवाडा विमानस्थलमा ३६ जना कामदारको हत्या गरिएको थियो । तत्कालीन नेपाली सेनाले विमानस्थलमा काम गरिरहेका कामदारलाई माओवादी लडाकु भन्दै गोली हानेर हत्या गरेको थियो ।

    २०५८ साल फागुन १५ गते कोटवाडावासीका लागि कालो दिन नै बन्यो । सङ्कटकालमा सेनाले गोली हानी हत्या गरेको विमानस्थलमा सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगेर सो विमानस्थलको उद्घाटन गर्ने भएका छन् ।

    वि.स. २०७३ साल माघमा कर्णाली प्रदेशका तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाहीले कच्ची धावनमार्गमा परीक्षण उडान गराएका थिए । तर त्यसपछि भने सो विमानस्थलमा जहाज पुगेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend