logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:49 AM

  • उड्डयन प्राधिकरणले भन्याे : धरानमा विमानस्थल बनाउन सम्भव छैन्

    उड्डयन प्राधिकरणले भन्याे : धरानमा विमानस्थल बनाउन सम्भव छैन्


    पर्यटन नेपाल

    मंगलबार, १५ फाल्गुन २०८०


    काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल नबनाउने निष्कर्ष निकालेको छ ।

    सुनसरी जिल्लाको धरान उपमहानगरपालिका क्षेत्रमा विमानस्थल निर्माण गर्न गरिएको विस्तृत सम्भाव्यता अध्ययन अनुसार सो क्षेत्रमा विमानस्थल निर्माण गर्दा विद्यमान हवाइ नीति विपरीत हुने भन्दै प्राधिकरणले यस्तो निष्कर्ष निकालेको हो ।

    यसअघि धरान उपमहानगरका मेयर हर्क साम्पाङले विमानस्थल निर्माण गर्न पर्यटनमन्त्री सुदन किरातीलाई पत्र पठाएका थिए । पर्यटनमन्त्री किराँतीले पनि हतारिँदै धरानमा विमानस्थल बनाउन अध्ययन समिति गठन गरेका थिए ।

    सोही समितिले अध्ययन पश्चात धरानमा हवाइ यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नरहेको तथा विभिन्न प्राविधिक र सञ्चालनमा आउने कठिनाइले विमानस्थल आवश्यक नरहेको निष्कर्ष निकालेको प्राधिकरणले जनाएको छ ।

    हवाइ नीति २०६३ अनुसार तराइ तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा कम्तीमा ४० नटिकल माइल हुनुपर्ने व्यवस्था रहेको छ । धरानमा विमानस्थल निर्माण गर्दा सोही नीतिको व्यवस्था विपरीत हुने भन्दै प्राधिकरणले मंगलबार सूचना जारी गर्दै यस्तो निष्कर्ष निकालेको हो ।

    आर्थिक विश्लेषणबाट सडक यातायातको सहज उपलब्धता र त्यस क्षेत्रको भौगोलिक अवस्थितिका कारण ‘वान वे अप्रोच’ हुने भएकाले धरानमा विमानस्थल सम्भव नरहेको प्राधिकरणले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend