काठमाडौँ । फुटबल खेलाडी विमल घर्ती मगर नेपाल सुपर लिग एनएसएल खेल्न नेपाल आउने भएका छन् ।
गत शुक्रबार अष्ट्रेलिया पलायन भएका बिमल एनएसएल खेल्न नेपाल आउने भएका हुन्।
उनले चितवन एफसीमा आइकन प्लेअरको रुपमा अनुबन्ध हुँदै एनएसएल खेल्ने जानकारी सामाजिक सञ्जालबाट गराए ।
ललितपुर एफसीसँगको मार्की प्लेअरको सम्झौता रद्ध गरेर अष्ट्रेलिया पुगेका विमलले नेपाल आएर चितवनबाट एनएसएल खेल्ने बताएका हुन् ।
हेर्नुहाेस् विमलले लेखेकाे स्टाटस् जस्ताकाे त्यस्तै :
जिन्दगीमा अनेकौ उतार चडाव आउछन !! उमेरको बढ्दो क्रमसँगै जिम्मेवारी र व्यावहारिक पन पनि बढ्ने रहेछ !! त्यसै क्रममा आफ्नो र परिवारको उज्ज्वल भविष्य बनाउनका निम्ति आफ्नो प्राण प्यारो देशप्रतिको माया र लगावलाई एक्छिन थाती राखेर अष्ट्रेलिया आउने निधो गरे !! तर पनि मलाई माया गरेर पुन मलाई आउँदै गरेको नेपाल सुपर लिग मा आइकनिक प्लेयरको रुपमा फेरि पनि आफ्नो माटोमा खेल्ने सुवर्ण मौका दिनुभएकोमा चितवन एफसीलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु !!
यो अवसर सिर्जना गरिदिनु हुने आदरणीय व्यक्तित्व लगायत मेरा सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक नमन टक्राउन चाहान्छु !! जय नेपाल जय नेपाली फुटबल !!