logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:12 AM

  • विष्णु पौडेललाई २ सय किलोको मालाले गरियाे स्वागत

    विष्णु पौडेललाई २ सय किलोको मालाले गरियाे स्वागत


    पर्यटन नेपाल

    आइतबार, २० फाल्गुन २०८०


    जनकपुरधाम । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई २ सय किलोको मालाले स्वागत गरिएको छ ।

    जनकपुरधाम विमानस्थलमा एमाले नेता तथा कार्यकर्ताहरूले पौडेललाई २ सय किलोको फूलको मालाले स्वागत गरेका हुन् ।

    जनकपुरधाम उपमहानगर कमिटीले तयार गरिएको उक्त माला एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि तयार गरिए पनि ओली नआएपछि पौडेललाई नै लगाइएको हो ।

    आइतवार धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनको लागि केपी ओली जाने कार्यक्रम तय भएको थियो । तर, केपी ओली कार्यक्रममा अनुपस्थित भएपछि उपाध्यक्ष पौडेललाई नै सो मालाले स्वागत गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend