काठमाडौँ । सगरमाथा आरोहीहरूका लागि ‘इलेक्ट्रोनिक चिप’ अनिवार्य गरिएको छ । पर्यटन विभागले यही सिजनबाट सगरमाथा आरोहीहरूका लागि चिप अनिवार्य गरेको हो ।
आरोहणका क्रममा हुने दुर्घटना र हराएकाहरूको खोजी र उद्धारमा सहजीकरणका लागि चिप अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।
पर्वतारोहीका लागि यस्तो चिप सम्बन्धित एजेन्सीले उपलब्ध गराउनु पर्नेछ । यसका लागि आरोहीले १० देखि १५ अमेरिकी डलर तिर्नु पर्नेछ ।
चिप ‘पेन ड्राइभ’ आकारको हुनेछ । यसलाई आरोहीले ज्याकेटमा राख्नपर्छ । सगरमाथा चढेर फर्किएपछि चिप सम्बन्धित एजेन्सीलाई बुझाउनुपर्नेछ । त्यही चिप अर्को सिजनलाई काम लाग्छ ।