काठमाडौँ । देशका विभिन्न ठाउँमा बिहानैबाट वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूूर्वानुमान महाशाखाले दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ ।
देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केहि भु-भागमा भने मेघगर्जन र चट्टयाङसहित हल्का वर्षा भइरहेको छ ।
त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको मौुसम विभागले जनाएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आज दिउँसो वाग्मती प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षा हुनसक्ने छ तर काठमाडौँमा भने वर्षाको सम्भावना छैन ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । आजबाट देशभर मौसम खुल्दै जानेछ ।