logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:13 AM

  • अबको २ वर्ष प्रचण्ड र २ वर्ष ओली प्रधानमन्त्री बन्ने सहमति

    अबको २ वर्ष प्रचण्ड र २ वर्ष ओली प्रधानमन्त्री बन्ने सहमति


    पर्यटन नेपाल

    सोमबार, २१ फाल्गुन २०८०


    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको बाँकी कार्यकाल आधा/आधा बाँड्ने सहमति भएको छ ।

    काँग्रेससहितको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउँदा प्रचण्ड र ओलीबीच यो सहमति भएको हो ।

    प्रधानमन्त्री र अध्यक्ष ओलीबीच धेरै कुरा प्याकेजमै सहमति भएको छ । सरकारको बाँकी कार्यकाल २/२ वर्ष बाँड्ने उनीहरूबीच सहमति भएको हो ।

    २०७९ पुस १० गते माओवादी अध्यक्ष प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । त्यतिबेला ओली र प्रचण्डका बीचमा साढे २ वर्षर साढे २ वर्ष प्रधानमन्त्री हुने सहमति भएको थियो । तर दुई महिनामै प्रचण्डले गठबन्धन फेरेर काँग्रेसको साथ लिएपछि एमालेले सरकार छोडेको थियो ।

    एमाले सरकारबाट बाहिरिएको एक वर्षपछि फेरि प्रचण्डसँगको पुरानो गठबन्धन ब्युँत्याएर सरकारमा सहभागी हुने निर्णय गरेको हो । एमाले सहितका मन्त्रीहरूले आजै शपथ लिँदैछन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend