logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:14 AM

  • माधव नेपालकाे प्रधानमन्त्री बन्ने सपना चक्नाचुर

    माधव नेपालकाे प्रधानमन्त्री बन्ने सपना चक्नाचुर


    पर्यटन नेपाल

    सोमबार, २१ फाल्गुन २०८०


    काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका छन् ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर प्रचण्डले नयाँ गठबन्धन बनाएका हुन् । यसअघि नेपाली काँग्रेससँग मिलेर प्रचण्डले एक वर्ष प्रधानमन्त्री बनेर सरकार चलाए । तर काँग्रेससँग बिचमा नै फुटेर एमालेसँग जोडिएका प्रचण्डले यस अघि आफूले २ वर्ष, काँग्रेसले २ वर्ष अनि बाँकी १ वर्ष चाहि माधब नेपाललाई दिने सहमति गरेका थिए ।

    २०७९ को चुनावी तामलेम हुँदा नै पुरानो गठबन्धनका बीचमा क्रमशः प्रचण्डले २, शेरबहादुर देउवाले २ र माधवकुमार नेपालले एक वर्ष सरकार चलाउने सहमति भए पनि अहिले प्रचण्ड र ओलीबीच नयाँ सहमति भएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने च्याप्टर भने क्लोज भएको छ ।

    माओवादीले समाजवादीलाई गठबन्धनमै रहन आग्रह गरे पनि प्रधानमन्त्री दिन भने तयार छैन ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend