logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:33 AM

  • रुखमा अड्किएका २ वटा प्याराग्लाइडरको सकुुसल उद्धार

    रुखमा अड्किएका २ वटा प्याराग्लाइडरको सकुुसल उद्धार


    पर्यटन नेपाल

    सोमबार, २१ फाल्गुन २०८०


    काठमाडौँ । प्याराग्लाइडिङ गर्ने क्रममा सालको रुखमा अड्किएका दुई प्याराग्लाइडरको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

    कास्कीको पोखरा महानगरपालिका-१८ सारङकोट बस्ने २९ वर्षीय रवीन्द्र ढकाल (पाइलट) र उदयपुरको त्रियुगा नगरपालिका-११, विशालनगर बस्ने २६ वर्षीय सिद्धान्त बस्नेतको उद्धार गरिएको हो ।

    उनीहरू उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित रमिते डाँडाबाट आज प्याराग्लाइडिङ गर्ने क्रममा रुखमा अड्किएका थिए ।

    प्याराग्लाइडिङ गर्ने क्रममा हावाको प्रभावले प्याराग्लाइडर अनियन्त्रित भई सो ठाउँस्थित नवोदय सामुदायिक वन चप्पनको जंगलमा करिब सय फिट अग्लो रुखमा अड्किएका थिए ।

    सशस्त्र प्रहरी बल नेपाल नं. ५ त्रियुगा गण उदयपुरबाट खटिएको टोलीले सकुशल उद्धार गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend