logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:00 AM

  • नेपालले गुमायो दोस्रो विकेट

    नेपालले गुमायो दोस्रो विकेट


    पर्यटन नेपाल

    शनिबार, २६ फाल्गुन २०८०


    काठमाडौँ । हङकङमा जारी मैत्रीपूर्ण टी-२० क्रिकेटमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

    शनिबार जारी खेलमा हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको हो । उक्त लक्ष्य पछ्याउने क्रममा नेपालले दोस्रो विकेट गुमाएको हो ।

    विनोद भण्डारीले २२ बलमा ४२ रन बनाएर आउट भए । उनले चार चौका र तीन छक्का प्रहार गरेका छन् । नसरूल्ला रानाले उनलाई आउट गरेका हुन् । ओपनर कुशल भुर्तेल ४ बलमा दुई रन बनाएर आउट भएका हुन् ।

    निर्धारित २० ओभरको खेलमा हङकङले ६ विकेट गुमाएर २१२ रन बनाएको हो। अन्तिम ओभरमा डेब्यु गरेका खेलाडी आकाश चन्दले दुई विकेट लिए ।

    उनले ११० रन बनाएका बाबर हायातलाई र यासिम मुर्ताजालाई आउट गरेका हुन् । बाबरले ४९ बलमा १३ छक्का र तीन चौका प्रहार गरेका थिए। यासिम शून्यमै आउट भएका थिए ।

    त्यसअघि राशिद खानले १४औं ओभरमा जेमी एत्किन्सनको विकेट लिएका हुन्। खानले उनलाई एलबिडब्ल्युमा आउट गरेका हुन्। एत्किन्सन शून्यमा आउट भए । प्रतिश जिसीले १३ औं ओभरमा अन्शी राथ आउट गरेका गरेका थिए। उनलाई गुलशन झाले क्याच आउट गरेका थिए । राथले ३९ रन बनाएका थिए ।

    त्यसअघि पाँचौं ओभरमा डेब्यु गरेका आकाश चन्दले मार्टिन कोइत्जीको विकेट लिएका थिए। उनी ३१ रन बनाएर आउट भए । आरिफ शेखले तेस्रो ओभरमा निजाकत खानलाई शून्य रनमा आउट गरेका थिए ।

    त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली बिहीबार हङकङ गएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend