काठमाडौँ । आज नेपालले त्रिकोणात्मक टी-२० आइ सिरिज आज हङकङसँग खेल्दै छ । त्रिकोणात्मक टी-२० आइ सिरिज आजदेखि सुुरु हुन लागेको हो ।
आज हङकङमा हुने सिरिजको पहिलो खेल नेपाल र घरेलु टोली हङकङबीच हुँदैछ । खेल नेपाली समयअनुसार आज बिहान सवा ११ बजेदेखि सुरू हुनेछ ।
सिरिजका लागि दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामीलाई टिममा समावेश गरिएको छैन ।
रोहित कुमार पौडेलको कप्तानीमा कुशल भुर्तेल, बिनोद भण्डारी, गुल्सन झा, आरिफ शेख, विवेक यादव, सन्दिप जोरा, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम आकाश चन्द र अविनाश बोहरा रहेका छन् ।