logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   04:24 PM

  • यति एयरलाइन्सद्वारा क्यान्सरका बिरामीलाई हवाई टिकट नि:शुल्क, टिकट लिन जाँदा यी कागजात लिनुपर्ने

    यति एयरलाइन्सद्वारा क्यान्सरका बिरामीलाई हवाई टिकट नि:शुल्क, टिकट लिन जाँदा यी कागजात लिनुपर्ने


    पर्यटन नेपाल

    मंगलबार, २९ फाल्गुन २०८०


    काठमाडौँ । यति एयरलाइन्सले क्यान्सरका बिरामीहरूलाई हवाई टिकट नि:शुल्क गर्ने भएको छ ।

    एयरलाइन्सले उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट)मा जाने क्यान्सरका बिरामीहरूलाई निःशुल्क हवाई टिकट दिने भएको हो । निःशुल्क टिकट लिनका लागि बिरामीले आवश्यक कागजातसहित विराट क्यान्सर इन्स्टिच्युटमा सम्पर्क गर्नुपर्नेछ ।

    नेपालभरिका क्यान्सर बिरामीहरूलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने यति एयरलाइन्स र विराट क्यान्सर इन्स्टिच्युटबिच फागुन १७ गते सम्झौता-पत्रमा हस्ताक्षर भएको हो ।

    अस्पतालका विशेषज्ञ चिकित्सकहरूले कागजातहरूका आधारमा क्यान्सरको बिरामी भएको प्रमाणपत्र/परिचयपत्र उपलब्ध गराउने र उपचारका लागि आउनु पूर्व टिकट बुक गर्न मिल्ने व्यवस्था छ ।

    यात्रुले विमानस्थलमा चेक-इन गर्दा यति एयरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको बिरामी प्रमाणित गरिएको परिचयपत्र पेस गर्नुपर्ने छ ।

    बिरामीहरूले डाक्टरको अपोइन्टमेन्ट लिँदा टिकट बुकिङका लागि अस्पतालको नम्बर ९८५२०४४२६६ मा सिधै सम्पर्क गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend