logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:33 AM

  • ‘स्वर्गीय बाबु छिरी शेर्पा स्मारक ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिताको उपाधी तेन्जिङ र सिर्जनालाई

    ‘स्वर्गीय बाबु छिरी शेर्पा स्मारक ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिताको उपाधी तेन्जिङ र सिर्जनालाई


    पर्यटन नेपाल

    शनिबार, ३ चैत्र २०८०


    काठमाडौँ। पहिलो पटक आयोजित ‘स्वर्गीय बाबु छिरी शेर्पा स्मारक ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिता सम्पन्न भएको छ ।

    बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा उक्त प्रतियोगितामा पुरुषतर्फ तेन्जिङ राई र महिलातर्फ सिर्जना तामाङ प्रथम भएका छन् । उनीहरुले नगद ५० हजार प्राप्त गरेका छन् ।

    त्यस्तै, दोस्रो र तेस्रो क्रमशः पुरुषतर्फ क्रमशः Ronak upreti र Sajan lama भए । यसैगरी महिलातर्फ दोस्रो र तेस्रो स्थान क्रमशः Swastika chaudhary र Prerna rai भइन् । उनीहरुले क्रमशः ३० हजार १५ हजार नगद पुरस्कार प्रदान गरेका थिए ।

    सोलुदुधकुण्ड नगरपालिका नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेका थिए । उक्त प्रतियोगिता पर्वतीय खेलकुद संघ र सगरमाथा आरोही संघले संयुक्त रूपमा आयोजना गरेको थियो ।

    यस किसिमको प्रतियोगिताले साहसिक पर्वतीय खेलकुदलाई प्रवद्र्धन गर्न महत्वपूर्ण सहयोग पुग्ने पर्वतीय खेलकुद संघका अध्यक्ष ङवाङ नीमा शेर्पाले बताए । साथै प्रतियोगिता हरेक वर्ष निरन्तर रुपमा आयोजना गर्ने समेत जानकारी दिए ।

    यस प्रतियोगीतालाई नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले प्राविधिक सहयोग (रुट सेटिङ, जजिङ, सुरक्षा, र बेले सर्भिस) प्रदान गरेको थियो ।

    प्रतियोगिताको मुख्य निर्णायक छिरिङ जाङबु शेर्पा, निर्णायक ज्याम्चाङ भोटे, निर्णायक पिम्बा तेन्जिङ शेर्पा रहेका थिए ।

    स्व. बाबु छिरी शेर्पालाई अहिलेसम्मकै महान पर्वतारोही मानिन्छ । १० औं पटक सगरमाथा शिखर चुमेका (चार पटक चीन तर्फबाट सहित) शेर्पा हिमालका सबैभन्दा बलिया आरोही एवं विश्वका प्रशिद्ध पर्वतारोहीका रूपमा चिनिन्छन् ।

    वसन्त ऋतृमा अक्सिजन बिना सगरमाथा शिखरमा २१ घण्टा भन्दा बढी समय बिताए (अझै पनि रेकर्ड कार्यम नै रहेको) र १६ घण्टा ५६ मिनेटमा दक्षिण तर्फबाट सगरमाथा छिटो आरोहण गरी उनले सगरमाथामा दुई विश्व कीर्तिमान राख्न सफल भएका थिए ।

    सन् २००१ अप्रिल २९ तारिखका दिन सगरमाथा ११ औं पटक आरोहण गर्ने प्रयास गर्दा दुर्भाग्यवस उनको निधन भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend