logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:07 AM

  • दमाम उडेको नेपाल एयरलाइन्सको जहाज फर्कियो बीच बाटोबाटै काठमाडौँ

    दमाम उडेको नेपाल एयरलाइन्सको जहाज फर्कियो बीच बाटोबाटै काठमाडौँ


    पर्यटन नेपाल

    बिहिबार, १८ असोज २०८०


    काठमाडौँ । काठमाडौँबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौँ फर्किएको छ ।

    बुधवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए ४१२ नम्बरको जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि (टिकास) मा खराबी देखिएपछि करिब एक घण्टापछि काठमाडौँ फर्किएको हो ।

    विमानस्थल कार्यालय स्रोतका अनुसार उक्त जहाज पाकिस्तान नजिकको आकाशबाट फर्किएर बुधवार राति करिब सवा ११ बजे काठमाडौँमा अवतरण गरेको थियो ।

    उक्त जहाजको प्राविधिक परीक्षणको काम जारी छ । यात्रुहरूका लागि भने वैकल्पिक जहाजको व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend