काठमाडौँ । मनकामना केवलकार आज एक दिनका लागि बन्द गरिएको छ ।
नियमित मर्मत सम्भारका लागि आज मनकामना केवलकार बन्द गरिएको हो । मर्मत सम्भारपछि भोलिदेखि भने नियमित रूपमा सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ ।
अघिपछि बिहानैबाट केबलकार चढेर मनकामना जानेको भिड लाग्ने गर्छ । चितवनको कुरिनटारदेखि गोरखाको मनकामनामा केबलकार सञ्चालनमा छ ।
शनिबार बिहान साढे ६ बजेदेखि र अघिपछि बिहान साढे ७ बजेदेखि साँझ साढे ५ बजेसम्म केबलकार सञ्चालन हुने गरेको छ ।
मनकामना केबलकारमा ३४ वटा डब्बा सञ्चालनमा छ्न् ।