logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:28 AM

  • टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ

    टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ


    पर्यटन नेपाल

    शुक्रबार, ९ चैत्र २०८०


    काठमाडौँ । पर्यटक प्रहरी र टुरिस्ट गाइड एसोसिएसनले टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ गरेका छन् ।

    लाइसेन्स लिएका गाइड बेरोजगार हुने र गैरगाइडले यस्तो काम गर्ने प्रचलन रहेको भन्दै पछिल्लो समय टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ गरिएको हो ।

    पछिल्ला दिनमा काठमाडौँको सम्पदा क्षेत्रमा टुरिस्ट गाइडहरुको लाइसेन्स चेकिङमा कडाइ गरिएको टुर्गानले जनाएको छ । यसअघि संघले सबै टुरिस्ट गाइडलाई लाइसेन्स नवीकरण गर्न आग्रह गरेको थियो ।

    एसोसिएसनले आफ्नो लाइसेन्स प्रष्ट देखिने गरी भिरेर मात्र पर्यटकलाई घुमाउन समेत गाइडहरुलाई आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend